लोकतान्त्रिक समाजवादी पार्टी र राजपा नेपालमा अध्यक्ष मण्डलको परिकल्पना गरिएको छैनः अध्यक्ष अजय झा

1.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः जसपा विवाद पश्चात दर्ता गराइएको लोकतान्त्रिक समाजवादी पार्टी र राजपा (नेपाल) मा अध्यक्ष मण्डलको परिकल्पना नगरिएको राजपा नेपालका अध्यक्ष अजय झाले बताए । 
ठाकुर समूहलाई घेराबन्दी गर्न उपेन्द्र यादवनिकट धनुषाका हरिनारायण यादवले राजपा नेपाल निर्वाचन आयोगमा दर्ताको निवेदन दिएपछि त्यसलाई ‘काउन्टर’ दिन लोकतान्त्रिक समाजवादी पार्टी र राजपा (नेपाल) दर्ता गराइएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ज्ञानेन्द्रकुमार झा र राजपा (नेपाल)को अध्यक्ष अजयकुमार झा रहेका छन् ।  झाद्वय महन्थनिकट हुन्। 

पूर्व सांसद वृषेशचन्द्र लालले महन्थ समूहबाट दर्ताको लागि निवेदन दिइएको दुवै पार्टीको विधानमा अध्यक्ष मण्डलको परिकल्पना गरिएको दाबी गरेका थिए । तर यता राजपा नेपालका अध्यक्ष अजय कुमार झाले त्यसतो कुनै परिकल्पना नगरिएको र भ्रमको पछि नपर्न आग्रह गरेका छन् । उनले दुबै पार्टी मध्येबाट कुनैमा पनि अध्यक्ष मण्डलको परिकल्पना नगरिएको प्रतिक्रिया दिए । 
अध्यक्ष झाले मधेशी जनताको आकांक्षा बमोजिम गठन हुन लागेको नयाँ पार्टीमा एकल अध्यक्षीय प्रणाली रहेको दाबी गरेका छन् ।