'इमोस्नल' भए राउत,लेखे यस्तो स्टाटस !

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले भावनात्मक स्टाट्स लेखेका छन्। राउतले बुधबार फेसबुकमा एक भावनात्मक स्टाटस लेख्दै आफूलाई अलिकति समय माग गरेका छन्।

उनले बैशाख १० गते हुन लागेको उपनिर्वाचनको सन्दर्भलाई लिएर अलिकति धैर्य राख्नुहोस् भन्दै आफू घेरामा भएर घाइते भएको तर मरि नसकेको बताएका हुन्।

यस्तो छ उनको स्टाटस

मलाई अलिकति समय दिनोस् – अलिकति धैर्य राख्नुहोस् 🙏
घेरामा छु, घाइते छु तर मरिसकेको छैन – हामी विजयी हुनेछौं
साथीहरू, युद्ध टुंगिएको छैन। म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहुलहुवान् भएर संघर्ष गर्दैछु। चारैतिरबाट घेराबन्दीमा छु। विभिन्न पार्टीहरू, नेताहरू, सामाजिक संरचना, यथास्थितिवादीहरू, मिडिया, शक्ति केन्द्रहरूको निरन्तर आक्रमणमा छु। आर्थिक, सामाजिक विभिन्न समस्याहरूले पिरोलेकै छ। केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु। देशभरिकै जनताको अपेक्षा ठूलो छ। परिवर्तनका आकांक्षी करौडौं जनता आँखा टोलाएर बसेका छन्। विगत १० वर्षदेखि लागेका लाखौं कार्यकर्ताहरूको भविष्य सुरक्षित गर्ने जिम्मेबारी पनि काँधमा छ। देश र समाजको जिम्मेबारी एकातिर, मनको आकर्षण सन्यास र अध्यात्ममा लीन हुने तिर भने पारिवारिक जिम्मेबारी अर्कोतिर लथालिङ्ग छ। घरमा बुवा डेन्टिस्ट कहाँ लगि दिन र वृद्ध आमा अपरेशनको प्रतीक्षामा छिन्, विरामी छोरी छट्पटाई रहँदा अस्पताल लैजाने कोही छैनन्, छोराको पढाई कहाँ पुग्यो थाहा छैन। म चाँहि निरन्तर बटुवा झैं संगठनको काममा कहिले यता त कहिले उता भौंतारिँदैछु।

तर मलाई पूरा विश्वास छ – ईश्वरको कृपाले यसपालि पनि यी सबै संघर्षलाई पार गर्ने नै छु। यस जीवन युद्धको दौरान शायद म तपाईंलाई फोन गर्न नसकूँला वा फोन उठाउन नसकूँला, वा भेट्न नसकूँला, त्यसलाई अन्यथा नलिइदिनुहोला। कार्यकर्ताहरूसँग पनि केही धैर्य राख्न अनुरोध छ, तपाईंहरूको भविष्यको व्यवस्थापनको लागि लागेकै छु, र लागिरहने नै छु। शीघ्र नै तपाईं सबैसँग हाम्रो भेट् पनि हुने नै छ। मलाई केही समय दिनोस्।

सम्बन्धित समाचार