नेकपा एस र जसपाले पहिचानको पक्षमा गरे प्रस्ताव दर्ता, किरात लिम्बुवान सगरमाथा प्रदेश प्रस्ताव

17.2k Shares
सम्बन्धित पार्टी

विराटनगर: प्रदेश १ काे नामाकरणका लागि फेरि नयाँ प्रस्ताव दर्ता भएको छ । नयाँ प्रस्तावमा नेकपा एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रस्ताव दर्ता गरेका हुन ।

दुबै दलका सांसदले "किरात लिम्बुवान सगरमाथा" प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । तर यो नाम पारित हुने सम्भावना नरहेको एक सांसदले बताए । 

नेकपा एमाले र कांग्रेस मिलेर जाने भएकोले कोसी प्रदेश नै पारित हुने बुझिएको छ । 

यता नेकपा एसका सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेकाे प्रस्तावमा नेकपा एसका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

नेकपा एमालेले काेसी प्रदेश नामाकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले काेसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ । 

अहिले भने सबै दललाई मिलाएर लैजान सहमतिमा नाम पारित  गर्ने योजना रहेको बुझिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार