महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदै

8.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।


निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।


रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।


यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।

ठाकुरका तर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई हुने भएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार