बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

16.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच विश्वासको मत लिने, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्ने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेसहितका विषयमा छलफल भएको हो । 

विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे दुई नेताबीच सहमति भएको छ । २६ पुसमा विश्वासको मत लिएपछि सभामुखको निर्वाचन गर्न पनि प्रधानमन्त्री प्रचण्ड र ओली तयार भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

१० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले ११ पुसमा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । तर, प्रचण्डले आफूसहित तीन जनालाई मात्रै जिम्मेवारी तोकेका छन् । बाँकी विषयलाई टुंगोमा पु¥याउने विषयमा उनीहरूको छलफल केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ । 

उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिएका छन् । अरु चार मन्त्रीलाई जिम्मेवारी तोकिएको छैन । 

ताजा अपडेट
सम्बन्धित समाचार