एमाले अध्यक्ष ओली र माओवादी महासचिव गुरुङबीच भेटवार्ता , के विषयमा भयो कुराकानी ?

13.1k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीलाई भेट्न महासचिव गुरुङ मंगलबार साँझ बालकोट गएका हुन् ।

उनीहरुको बीचमा खास के कुरा भयो भन्नेबारे स्पष्ट खुल्न सकेको छैन । तर भेटका सम्बन्धमा महासचिव गुरुङले ओलीलाई बधाई दिन मात्रै गएको जनाएका छन् । गुरुङले ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको बताए ।

भर्खरै सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सुविधाजनक मत नआएपछि वामगठबन्धन गरेर सरकार बनाउने चर्चा चलिरहँदा गुरुङ र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार