
काठमाडौंः महोत्तरी क्षेत्र ३ 'क' बाट लोकतान्त्रिक समाजबादी पार्टीका अभिराम कुमार शर्मा पुन दोस्रो पटक निर्वाचित भएका छन् ।
बिहीबार बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार अभिराम कुमार शर्मा ९ हजार ८ सय ९२ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
शर्माका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका दिपेन्द्र झाले ९ हजार ७ सय १८ मत प्राप्त गरेका छन भने अर्का उम्मेदवारले ४ हजार ३८ मत पाए ।