सप्तरी–२ मा सीके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छोडे

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सस्के राउतले अग्रता लिएका छन् । डा। राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८ सय ४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत प्राप्त गरेका छन् ।

सप्तरी–२ क मा जनमत पार्टीका सतिस सिंहले १० हजार ८ सय ३२ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जसपाका शैलेन्द्र प्रसाद साह ५ हजार २ सय ८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ९ हजार ७ सय ६१ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । वाम गठबन्धनका उमेश यादवले ५ हजार २ सय ७८ मत प्राप्त गरी दोस्रो स्थान बनाउँदा जसपाका लक्ष्मण यादव ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार