चुनावप्रति आम सप्तरीवासीमा ठूलो उत्साह रहेको यादवको भनाई

7.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावप्रति आम सप्तरीवासी र समग्र जनतामा ठूलो उत्साह रहेको बताएका छन् ।

सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले संघीयतालाई परिस्कृत गर्दै संस्थागत गर्न, अधिकार र पहिचानको संघर्षलाई मूर्तरुप दिन, संविधान संशोधन गर्न, आफ्नै मुलुकमा नागरिकताबाट वञ्चित मधेशी युवाहरूको नागरिकता समस्या समाधान गर्ने लगायतका दृष्टिले आगामी चुनाव निकै महत्वपूर्ण रहेको भनि आम मधेशीको बुझाइ रहेको बताए । उनले भने, “आफ्नो भाग्य र भविष्यका लागि आम मधेशी आफ्नो संघर्ष अझै जारी राखेका छन् र ती संघर्षका उपलब्धिलाई संरक्षित गर्दै थप उपलब्धि प्राप्त गर्न आगामी मङ्सिर ४ को निर्वाचन निकै महत्व राख्छ ।”
 
लोकतान्त्रि क समाजमा आम मतदाताको सबैभन्दा ठूलो शक्ति नै मतदान हो भन्दै अध्यक्ष यादवले भने, “आम नेपालीले गरेको कठोर संघर्ष र त्यागको फलस्वरुप हामीले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता लगायतका उपलब्धि प्राप्त गर्न सकेका छौँ र यी उपलब्धिलाई जोगाएर राख्दै संस्थागत गर्न मताधिकारको प्रयोग सबैभन्दा आवश्यक नरहेको तथ्य हामी कसैबाट लुकेको छैन ।” अध्यक्ष यादवले राजनीतिक उपलब्धि समाप्त पार्न विभिन्न खाले षड् यन्त्रसमेत भइरहेको भन्दै आम मतदातालाई सचेत हुन आग्रह गरे । “ चुनाव भनेको लोकतन्त्रको महापर्व हो, यसमा सहभागी भएनौँ भने हामी कस्तो लोकतन्त्रवादी,”? यादवले भने, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता जोगाउन’ छ भने मतदानमा सहभागी हुनुपर्छ ।


उनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने समय निर्वाचन भएको भन्दै मतदानमा उत्साहका साथ सहभागी हुनुपर्ने बताए । उनले आगामी चुनावबाट जसपा मधेशको मुख्य पार्टी मात्रै नभई राष्ट्रिय राजनीतिकै मुख्य शक्तिमध्ये एक हुने दाबी गरे । मधेशको नाममा नानाथरिका षड्यन्त्र गर्ने दललाई थ्रेसहोल्ड जोगाउन पनि गाह्रो हुने बताउँदै यादवले भने, “जसपालाई आम मतदाताले उसको नीति सिद्धान्त तथा विगतका दिनमा गरेका कामको आधारमा रुचाएको छन्, हामी झुठो आश्वासन बाँड्ने काम गरेका छैनाँै ।” राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय, नर्सिङ कलेज भवन निर्माण, इञ्जिनीयरिङ कलेज भवन निर्माण लगायतका काम सप्तरीको पुरानो पहिचानलाई पुनःस्थापित गर्न गरिएका प्रयास भएको उनले बताए । 

उनले जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन संघर्षको स्मरण, मधेशको पहिचान र स्वाभाविमानको संघर्ष, योगदानको मूल्यांकन गर्दै लोकतन्त्रको महापर्वमा उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार