जसपाका विद्यार्थी संगठनले जारी गरे ६ बुँदे विज्ञप्ती

453 Shares
सम्बन्धित पार्टी

प्रेस विज्ञप्ति। 
आज मिति २०७८/०२/२५ गते राष्ट्रिय विधार्थी संघले ZOOM मार्फत संगठनका केन्द्रिय अध्यक्ष मनिष मिश्रज्यूको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको भर्चुल बैठक गरेको छ। 
बैठकमा छलफल पश्चात निम्नानुसारका निर्णयहरू भएका छन ।
(१) अहिलेको वैश्विक महामारीसंग पूरै विश्व जुधिरहेको अवस्थामा सरकार संग समन्वय गरी चाडो भन्दा चाडो सम्पूर्ण जनसमुदायका निम्ति खोपको पहल गर्ने तथा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार संगठनले ग्रामीण स्तर सम्म जनचेतना फैलाउने एवं कोरोनाले गर्दा बैकुण्ठ बास भएका संपूर्ण दिवंगत आत्मा प्रति चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरियो। 
(२) समसमायिक राजनीतिक अवस्थालाई मध्यनजर गर्दै जसपा नेपाल को माँग बमोजिम सरकारले  पार्टीका विभिन्न माँगहरू पूरा गरेकोमा सरकार लाई धन्यवाद दिने साथै बाँकी प्रकियामा रहेका माँगहरू चाडै पुरा गर्न आग्रह गर्ने निर्णय गरिएको छ। 
(३) जसपा नेपाल को अधिकांश माँग सरकारले पुरा गरिसकेको ठहर गर्दै जसपा नेपाल वर्तमान सरकार प्रति सकारात्मक भई संघिय सरकारमा सामेल भएकोमा बैठकले  पार्टीको यस निर्णयलाई स्वागत गरेको छ। 
(४) प्रदेश नं.२ सरकारको मुख्यमन्त्री मा.लालबाबु राउत ले मधेशी जनताको भावना बिपरीत तथा अभिमतको अनादर गर्दै सरकार पुनर्गठन गरेकोमा हाम्रो संगठनले घोर निन्दा गरेको छ। यसरी मा.लालबाबु राउत सरकारले कहिले मुख्यमन्त्रीको कुर्सी बचाउनका निम्ति त कहिले भ्रष्टाचारीलाई प्रोत्साहनका निम्ति एक पछि अर्को कुकर्महरू गर्दै आएको साथै प्रदेशले भार थेग्न नसक्ने गरी मन्त्रिपरिषद बिस्तारको खबरले कहि कतै संघियता बिरोधी कदमलाई सहयोग गर्न त खोजिएको छैन भनि हाम्रो संगठनलाई शशंकित बनाएको छ। 
(५) प्रदेश नं.-२ को मुख्यमन्त्री मा.लालबाबु राउत गद्दी लाई मधेशको भावना बिपरीत, मधेशी जनताको अभिमतको बिरूद्धमा कार्य गर्न प्रोत्साहन गर्ने, दबाब दिने मा.उपेन्द्र यादव मधेश बिरोधी, लोकतन्त्र बिरोधी तथा निरंकुश पात्र रहेको हाम्रो संगठनको ठहर रहेको छ। र उक्साहट एवं दबाबमा आई मधेशी जनताको भावनाको विपरीत कार्य गर्ने मा.मुख्यमन्त्री बौद्धिक हिनता भएको निरीह पात्र झै देखिनु प्रदेश कै लागी दुर्भाग्य रहेको छ।
(६) सरकारले निर्वाचनको मिति तोकिसकेको र लोकतन्त्र का निम्ति चुनाव अपरिहार्य रहेकोले संपूर्ण संगठन लाई अहिलेको महामारीको अवस्थालाई ध्यान दिदै सृजनात्मक कार्यमा सरीक हुन निर्णय गरेको छ। 

रोशन  मिश्रा 
महासचिव

jasapa-press-release-manish.jpeg