२०२४ को राष्ट्रपतिका लागि उठ्ने ट्रम्पको घोषणा, बाइडेन निराश

7.3k Shares

काठमाडौंः अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवारी दिने घोषणा गरेका छन् । 

ट्रम्पले बुधबार २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको दाबेदार भएको बताएका हुन् । यस सम्बन्धमा ट्रम्पले सङ्घीय निर्वाचन आयोगलाई आधिकारिक कागजात बुझाएका छन् ।

डोनाल्ड ट्रम्प चुनावको औपचारिक घोषणा गर्ने पहिलो प्रमुख दावेदार बनेका छन्। अर्थात् २०२४ मा ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनसँग फेरि कडा टक्कर दिन सक्नेछन् । सन् २०२४ को चुनावमा ट्रम्पको दाबीप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति बाइडेनले ट्रम्पले अमेरिकालाई निराश बनाएको बताएका छन् ।

लामो समयदेखि ट्रम्पले २०२४ को राष्ट्रपति चुनावमा एक पटक फेरि उठ्ने चर्चा चलेको थियो। अहिले ट्रम्पको पार्टीले अमेरिकाको मध्यावधि चुनावमा राम्रो गरेसँगै ट्रम्प राष्ट्रपतिको दौडमा फेरी आएका हुन् । 

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हाउस अफ रिप्रिजेन्टेटिभ्स ९तल्लो सदन० मा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच अझै कडा टक्कर छ। यहाँ ट्रम्पको रिपब्लिकन पार्टीले अग्रता लिएको छ । उनीहरुसँग २१६ सिट छन्, जबकि बहुमतका लागि २१८ सिट आवश्यक छ । योसँगै लोकतान्त्रिक पार्टीले २०५ सिट मात्र जित्न सकेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार