उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा नै विरुद्ध प्रदर्शन

7.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जिहाद विरुद्ध प्रदर्शन भएको छ।

राष्ट्रिय एकता अभियानले उपेन्द्रको निर्वाचन क्षेत्र सप्तरी–२ मा जिहाद विरुद्ध प्रदर्शन भएको हो। प्रदर्शनको क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा मदेसमा जिहादी गतिविधिलाई बढवा दिन भित्रभित्रै खेल खेलिरहेको आरोप लगाए।

उनले भने, नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षाका लागि भित्रभित्रै ठूलो चुनौती सिर्जना गरेको छ, भुसको आगो जस्तो सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समयमा अब सतहमा पनि मुखर हुन थालेको छ।'

उनले उपेन्द्र यादव तथा लालबाबु राउत जस्ता कारण नेपालमा राजनीतिक संरक्षणको बलमा जिहादी गतिविधि बढिरहेको बताए। उनका अनुसार नेपालमा बढिरहेको जिहादी गतिविधि आम मानिसको कल्पनाभन्दा बाहिर छ।

उनले तराई मधेस जिहादको निशानामा रहेको बताए। उनले भने, 'उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा राष्ट्र र समाजको लागि क्यान्सर जस्तो रहेको जिहाद गतिविधि बढिरहेको छ।'

जिहादको नाममा नेपाली चेलीहरूको अपहरण भइरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको उनले बताए।

उनले जिहाद विरुद्ध एउटा जागरणको टड्कारो महसुस गर्दै राष्ट्र हित र जनहितमा जागरण अभियान सञ्चालन गरिएको बताए।

धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिँदै उनले सङ्घीय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर अगाडि बढ्न अपिल समेत गरे।

ताजा अपडेट
सम्बन्धित समाचार