आफ्नै कार्यकर्ताबाट छुट्टिदै जसपा, के चुनाव जित्लान त  ?

8.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः जनता समाजवादी पार्टी जसपा मधेस विरोधी पार्टी भएको भन्दै मतदाताहरुले यादवको पक्षमा मतदान नगर्न अडान लिएका छन् । मधेसको नाममा विभिन्न फन्डा गर्दै आएका प्रदीप यादवले यसपालिको निर्वाचनमासमेत सबै दलसँग गद्दारी गरेको भन्दै मतदाताले मत नदिने अडान लिएका हुन् ।

स्थानीय तहको निर्वाचनका साथै जिल्ला विकास समन्वय समितिको निर्वाचनमा समेत जसपाबाट प्रदीप यादवले आफ्नै पक्षधरसँग गद्दारी गरेका कारण आफूहरुले यसपालि यादवका पक्षमा मत नदिने मतदाताहरु बताउँछन् ।

उनीहरुका अनुसार यादव मात्र दलका गद्दार होइनन् उनी मधेस विरोधीसमेत हुन् । मधेसको नाममा आन्दोलन गराई यादवले आफ्नो दुनो सेक्ने बाहेक केही गर्न नसकेको मतदाताहरुले आरोप लगाएका छन् ।

वीरगंज महानगरपालिका १३ का मतदाताले निर्वाचनमा आफूहरुको प्रदीप यादवका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा जाने बताएका छन् ।

मधेसी जनताको रगतमाथि गरेको राजनीति प्रदीप यादवलाई महंगो पर्नेसमेत मतदाताहरुले ठोकुवा गरेका छन। ।

पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार यादव भने आरोप बारेमा बोल्नका लागि सम्पर्कमा आउन चाहेनन् ।

ताजा अपडेट
सम्बन्धित समाचार