आफू बहुमत प्राप्त गरेर मूख्यमन्त्रीमा पुनः नियुक्त - शंकर पोखरेल

10.9k Shares
सम्बन्धित पार्टी

काठमाडौं। लुम्बिनी प्रदेशका मुखयमन्त्री शंकर पोखरेलले आफू बहुमत प्राप्त गरेर मूख्यमन्त्रीमा पुनः नियुक्त भएको दावी गरेका छन्।
सोमबार बिहान पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स राख्दै यस्तो बताएका हुन्।

उनले लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको बताए। दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको उनले बताएका छन्। नियुक्ति पनि बैठककै आधारमा भएको र नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुने उनले बताएका छन्।पोखरेलले विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आएको बताएका छन्।

पोखरेलले लेखेका छन्, उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ। अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो। यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ।’

उनले सूर्य चिन्हबाट चुनाव लडेकाहरुको समर्थन कानुनी रुपमा समेत अन्यदललाई हुन नसक्ने दावी गरे। पोखरेलले यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा भएको उल्लेख गरेका छन्।

पोखरेलको स्टाट्स33.jpg

ताजा अपडेट
सम्बन्धित समाचार