के कारण एमाले र राप्रपाबिच भयो विवाद ?

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौः नेकपा एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ। पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बुझाएका छन्। 

‘यही ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा हाम्रो पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट पार्टीलाई दूरगामी एवम् गम्भीर क्षति पुग्ने ठहर गरेका छौँ। अतः उक्त निर्णयलाई तत्काल सच्याउन ध्यानाकर्षण गर्दछौँ,’ सचेतना पत्रमा भनिएको छ।    

उनीहरूले १६५ निर्वाचन क्षेत्रमध्ये केवल तीन स्थानको लागि मात्र जनताबाट विश्वास गुमाएको र आफ्नो पार्टी र नेतृत्वले अ(पवित्र घोषणा गरेको दल एमालेसँग चुनावी तालमेलको सम्झौता गर्नु सर्वधा अनुचित रहेको उल्लेख गरेका छन्। 
‘यो विवेकहीन, पक्षपाति र अन्यायपूर्ण निर्णयलाई सच्याउन हाम्रो आग्रह छ। अन्यथा, यसबाट पार्टीमा पर्ने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं अध्यक्ष हुुनुपर्नेछ,’ सचतना पत्रमार्फत उनीहरूले अध्यक्ष लिङ्देनलाई चेतावनी दिएका छन्। 

सचेतना पत्र बुझाउनेमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य अर्जुन राई, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, १६ केन्द्रीय सदस्य र ६ पूर्वकेन्द्रीय सदस्य छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार