राजकिशोर साहले दिए प्रतिनिधि सभा सदस्यको उम्मेदवारी

15.8k Shares
यो पनि

काठमाडौंः महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ निवासी राजकिशोर साहले उम्मेदवारी दिएका छन् ।

मङ्सिर ४ गते हुन गईरहेको चुनावमा उनले प्रतिनिधि सभा सदस्यको लागि महोत्तरी क्षेत्र न. १ मा जनमत पार्टीबाट उम्मेदवारी दिएका हुन  ।

उनले आफुले जनताको लागि राजनीतिमा उत्रिएको प्रतिक्रिया दिएका छन । उनले पोलिटिक्स नेपालगँ कुराकानी गर्दा भने "अहिले सम्म म जुन पेशामा आवद्ध थिए त्यसमा मैले आफ्नो परिवारको लागि मात्र सोचेको थिए उनले भने यसमा मेरो स्वार्थ मात्र पुरा भईरहेको थियो तर मलाई आफु र आफ्नो परिवारको लागि मात्र सिमित हुनु छैन । म यो सारा समाजकै लागि केहि गर्न चाहन्छु।"

समाजलाई शिक्षित, समृद्ध, विकसित र भ्रष्टाचारमुक्त बनाउने अभियान लिएर अगाडी बढेको उनको भनाइ छ । अहिले सम्मको राजनीति अवस्थाले परिवर्तनको खोजीको साथ शिक्षित र जागरुकता भएको युवाको माग गरिरहेको उनले बताए ।

यो आधुनिक अवस्थामा आएर पनि हामी पुरानै प्रवृत्तिलाई अंगाली रहेको छौ , उनले भने , "विकसित देशहरु सरह नेपालमा पनि विकास गर्न सकिन्छ । त्यसको लागि राजनीतिमा दक्ष जनशक्ति अर्थात विवेक ,ज्ञान र सिप , दक्षता भएको व्यक्तिको आवश्यकता पर्दछ । त्यसैले राजनीतिको यो मोडले जनसमाजलाई युवालाई जिताउन प्रेरित गरिरहेको छ ।

हरेक कामको लागि युवाको आवश्यकता छ ,वयस्क तथा अग्रजहरु संग अनुभव बटुलेर अब युवाहरु राजनीतिमा प्रवेश गर्न जरुरि रहेको उनको भनाई छ। महोत्तरी क्षेत्र न।१ अन्तर्गत पर्ने सम्पूर्ण स्थानलाई शिक्षित , विकासयुक्त र समृद्ध बनाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार