काठमाडौं–१ बाट निर्वाचन लड्दै रवीन्द्र मिश्र

19.1k Shares
सम्बन्धित पार्टी

काठमाडौंः राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं(१ बाट निर्वाचन लड्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिए । 

काठमाडौं- १ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ । यो विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै छलफल गरेका थिए । 

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।  शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ। मैले पूर्व जानकारी गराए अनुसार म निर्वाचन लड्ने क्षेत्रका मतदातालाई शुभेच्छुकहरूको सौजन्यबाट सक्नेलाई सानो योगदान सहित नसक्नेलाई निस्शुल्क, मेरो नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ उपहार स्वरूप प्रदान गरिन छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार