प्रतिवादीको मुद्दा फिर्ता - जसपालाई सरकारमा जान बाटो खुला तर रेमश चौधरीलाई रिहा गर्न ? 

6.8k Shares
सम्बन्धित पार्टी

काठमाडौ ।  सरकारले जनता समाजवादी पार्टीका १२० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने  निर्णयपछि जसपालाई अब सरकारमा जाने बाटो सजिलो खुला भएको छ ।


जसपाका नेता जेलमा रहेका सांसद रेमश चौधरीलाई रिहा गर्नुपर्ने माग सम्बोधन गर्न भने सरकारले ढिलासुस्ती गरिरहेको बताएको छ ।

लगाइएको मुद्दा फिर्ता लिनका लागि सरकारलाई नामावली बुझाएको थियो । सरकारले झन्डै आधाभन्दा बढी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेर जसपालाई सरकारमा जाने बाटो खोलिदिएको छ ।

जसपाले मधेस आन्दोलनयता आफ्ना नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने मागलाई पहिलो एजेन्डा बनाउँदै आएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार