पुटिन र मोदीबीच कहिले हुँदैछ भेटवार्ता ?

8.1k Shares

काठमाडौंः जारी रुस युक्रेन युद्धमा रुसको मौन समर्थन जनाइरहेको आरोप खेपिरहेको भारत र रुसका कार्यकारी प्रमुख नरेन्द्र मोदी र भ्लादिमिर पुटिन बीच भेटवार्ता हुने भएको छ ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार यही सेप्टेम्बर १५ र १६ मा उज्जेब्किस्तामा हुन गइरहेको शांघाई कोअप्रेशन अर्गनाइजेसन ९एससिओ० को सम्मेलनको क्रम यी दुई नेता बीच भेट हुने भएको हो ।

उक्त भेटमा मोदी र पुटिन बीच रुस युक्रेन युद्दको कारण उत्पन्न खाद्य संकटको समाधानबारे छलफल हुने जनाइएको छ । उक्त सम्मेलनमा चीनका राष्ट्रपति सी जिङ पिङ र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको पनि उपस्थिती रहने बताइएको छ ।

यधपि मोदीको यी दुई नेतासँग छुट्टै वार्तालाप हुने वा नहुने भन्ने विषयहाल सम्म सार्वजनिक भइसकेको छैन । पुटिन बाहेक मोदीको उज्जेब्किस्तानका राष्ट्रपतिसँग पनि द्विपक्षीय भेटवार्ता हुने छ ।

ताजा अपडेट
सम्बन्धित समाचार