माओवादी केन्द्र काठमाडौं-४ `क´बाट प्रदेशसभामा रणबहादुर गुरुङ सिफारिस

10.9k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः नेकपा माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभामा रणबहादुर गुरुङ (रविन) सिफारिस भएका छन्। लामो समय योङ कम्युनिष्ट लीग (वाइसीएल) नेपाल केन्द्रीय समितिमा काम गरेका गुरुङ प्रदेशसभामा सिफारिस भएका हुन्। उनीसँगै विजय भट्टराई र रामेश्वर केसी पनि सोहि क्षेत्रबाट सिफारिस भएका हुन्।

सामाजिक क्षेत्रमा समेत संलग्न रहेका गुरुङ त्यस क्षेत्रमा लोकप्रिय नेताका रुपमा चिनिन्छन्। अहिले उनी बागमती प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ४ ञकझ का पार्टी इन्चार्ज समेत हुन्।

प्रदेशसभा (क) को समानुपातिक तर्फ विनोद शाही र राधा भट्टराई सिफारिस भएका छन्। प्रत्यक्ष तर्फ प्रदेश ञखझ मा राज प्याकुरेल, माधव आचार्य र पुरुषोत्तम कोईराला सिफारिस भएका छन्। समानुपातिक ‘क’ मा बिण्णुप्रसाद चौलागाईंको नाम सिफारिस भएको छ। त्यसैगरि प्रदेश (ख) को समानुपातिकमा राजेन्द्र श्रेष्ठ, होमकुमारी दुलाल र सुवास राई सिफारिस भएका छन्।

काठमाडौँ क्षेत्र नं ४ मा अमरबहादुर विक, बिदुर खड्का र कुमार बोगटी प्रत्यक्षमा सिफारिस भएका छन् भने सुरेश कर्माचार्य, नवराज न्यौपाने र गोबिन्दबहादुर बटाला समानुपातिकमा सिफारिस भएका छन्।

सम्बन्धित समाचार