जनताले उठाउन थाले आवाज: मोरङ क्षेत्र नम्बर ५(ख) मा चाहिन्छ 'फैयाज'

14.7k Shares
सम्बन्धित पार्टी
यो पनि

विराटनगर: गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन सफलतापुर्बक सम्पन्न गरेपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ ।

गठबन्धनको सरकारले आउदो मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेसंगै पार्टीहरुले उम्मेदवार चयनको प्रक्रिया थाली सकेका छन ।

नेपालमा विगत लामो समय यता पार्टीले आफ्नो अनुकुल र स्वार्थ पुरा हुनेगरी उम्मेदवार चयन गर्ने गरेका थिए भने हालको समयमा त्यो 'ट्रेन्ड' मा परिवर्तन आएको छ । पार्टीले आफ्नो इच्छा अनुसार जोकोही उम्मेदवार बनाएर पठाउने प्रवृत्तिमा मतदाताले 'ब्रेक' लगाएको प्रष्टै देखिन्छ । वर्तमान परिस्थितिमा जनताले आफ्नो क्षेत्रलाई अनुकुल हुने र विकास प्रेमीलाई मात्र उम्मेदवारको रुपमा अघि सार्न सहमति दिने गरेका छन् ।

पार्टीले जोकोहीलाई पठाउदैमा मतदाताले सजिलै स्वीकार नगर्ने जनताहरुले खुल्ला रुपमा भन्दै आएका छन् । त्यस्तै अहिले प्रदेश एकको मोरङ क्षेत्र नम्बर ५ (ख)मा भने नेपाली कांग्रेसका फैयाज रइनलाई प्रदेश सभाको उम्मेदवार बनाउने सो क्षेत्रका जनताहरुले अभियान थालेका छन् ।

पार्टीलाई जानकारी र चेतावनी संगै दिने गरि उक्त क्षेत्रका जनताहरुले समाजिक सञ्जालमा " मोरङ क्षेत्र नम्बर ५ लाई विकास कार्यदेखि युवा-युवति,वृद्ध-वृधालाई कुनै पनि पार्टीका कार्यकर्तालाई भेदभाव न गरि एकै समान सकारात्मक दृष्टिकोणले हेर्ने ! मेरो न भनी हाम्रो भनेर एकबद्ध भएर, हातेमालो गरेर जुन सुकै काममा अग्रसर भुमिका निर्वाह गर्दै आएका सबैको मन मस्तिष्कमा बसन सफल युवा नेता नेपाली कांग्रेस मोरङ्ग क्षेत्र -५ का क्षेत्र सचीव फैयाज राइनलाई मोरङ क्षेत्र न:-५ ख बाट प्रदेश सभाको उम्मेद्वार बनाउन पार्टी प्रतिनिधिज्यु हरु संग हार्दिक अनुरोध र अपिल गर्द छौं ।" लेख्दै अभियान थालेका छन् ।

जनताले यसरी कुनै नेताको पक्षमा वकालत गरेर उम्मेदवार चयन गर्नु नौलो अभ्यासको रुपमा देखिएको छ । विगतका समयमा पार्टीले पठाएको उम्मेदवारलाई स्वीकार गरि सघाउनु पर्ने र पार्टीको विरुद्धमा एक शब्द बोल्न नसकिने परिपाटीको विकास भएको थियो जुन अहिलेको समयमा परिवर्तन हुँदै गएको देखिन्छ ।

जनताहरुले समाजिक सञ्जालमा थप लेखेका छन् " तपाईहरुको साथ र सहयोगको अपेक्षा सहित बहुमुल्य मतको कदर गर्दै सबै जनताको बिचमा रहेर जनताको साशक नभइ सेवक बनेर काम गर्ने एक बिचारधारा भएका ब्यक्ति रइनलाई यसपटकको चुनावमा उम्मेदवार बनाउन नेपाली कांग्रेस पदधिकारी हरु संग हार्दिक अनुरोध गर्द छौं ।"

यस विषयमा हामीले नेपाली कांग्रेसका नेता तथा मोरङ्ग क्षेत्र -५ का क्षेत्र सचीव राइनले पार्टीले मौका दिए चुनाव लड्ने र जनताको मन र मत जितेर देखाउने प्रतिक्रिया दिए । उनले जनताले आफुलाई उक्त क्षेत्रमा हेर्न चाहेकोले पार्टी त्यसमा जिम्मेवार रहने बताए । उनले पार्टी अब 'ग्राउन्ड लेभल' बाट उम्मेदवार चयन गरेर पठाउन थालेकोले ५(ख) बाट आफू पर्नेमा विश्वस्त देखिए ।

उनले जनताले आउन भने मात्र आफू निर्वाचनको मैदानमा जाने अन्यथा जनताले चाहेको उम्मेदवारलाई जिताउन हरेक तवरले सहयोग गर्न भुमिका खेल्ने दाबी गरे । राइनले आफु पदको लागि नभई जनताको सेवा गर्न राजनीतिमा लागेकोले जनताले भने र मागे अनुरुप अगाडि बढ्ने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार