सभामुख सापकोटाले गरे संसदीय समितिमा हेरफेर , को को कुन सिमितमा परे ?

15.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडाैंः प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरूको नाम हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरूको नाम हेरफेर गरेका हुन् । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो ।

हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बूढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार