देशव्यापी गठबन्धन बनाएर चुनाव नलड्ने उपमहासचिव ज्ञवालीको भनाई

11k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा एमाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आयोगले निर्वाचनमा भाग लिन राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दर्ताका लागि निवेदन दिन आह्वान गरेपछि मंगलबार एमाले निर्वाचन आयोग पुगेको हो। आयोगमा एमालेले १० औं नम्बरमा दल दर्ता गरेको हो।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, राजन भट्टराईलगायतका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। 

निर्वाचन आयोगमा पुगेका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले देशभर गठबन्धन बनाएर चुनावमा नजाने बताएका छन्। ‘हामीसँग विचार र एजेन्डा मिल्नेहरुसँग कहीँकतै तालमेल हुनसक्छ । तर, केन्द्रबाटै देशव्यापी गठबन्धन बनाएर चुनाव लड्दैनौं ’ दल दर्ता गर्नु पूर्व उनले सञ्चारकर्मीसँग भने।  

ज्ञवालीले एमालेलाई गठबन्धन आवश्यक नभएको धारणा राखे। उनले भने, ‘एमालेलाई गठबन्धन आवश्यक छैन, जो कमजोर हुन्छ उसले मात्रै गठबन्धन गर्छ।’

कांग्रेसले देशभर तालमेल गर्ने निर्णय गरेकोप्रति व्यङ्य गर्दै ज्ञवालीले कांग्रेस अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे। सत्ता गठबन्धनलाई संकेत गर्दै उनले संघीयता खारेज गर्नेदेखि विभिन्न एजेन्डा बोकेका पार्टीहरु सत्ता गठबन्धनमा भएको उल्लेख गरे।

ताजा अपडेट
सम्बन्धित समाचार