के विप्लवलाई थुन्न खोज्नु राजनीतिक बेइमानी हो  ?

9.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाण्डौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउन कुरा उचित नहुने तर्क गरेका छन्।

बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको बोल्दै उनले यस्तो बताए।

उनले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पारे। उनले  पुराना घटनाका आधारमा मुद्दा चलाउने  कुरा उचित नभएको पनि बताए।

उनले भने, ‘शान्तिपूर्ण प्रक्रियामा आइसकेपछि खुला राजनीतिमा आइसकेपछि पुरा मुद्दा लगाउन उचित होइन। तर, खुला  राजनीतिमा आएर पनि गैरकानुनी काम गरे दण्डको भागिदार हुनुपर्छ।’

यस्तै, महासचिव पोखरेलले अहिलेको ५ दलीय गठबन्धको सरकारले सरकार सञ्चालन गरेको एक वर्षमा यो मुलुकलाई अगाडि बढाउनेतर्फ भन्दा पनि देशलाई संकटतर्फ धकेलेको आरोप लगाए। उनले सरकार पूर्णरुपमा असफल भएको भन्दै भ्रष्टाचार र महँगीले सिमा नाघेको पनि पनि आरोप लगाए।

उनले यो गठबन्धनको सरकार बनेपछि राष्ट्रियहितका  प्रश्नहरू  कमजोर बनेको जनताको विकास र समृद्धिको चाहना अवरोध भएको बताए।

उनले मुलुकको आर्थिक अवस्था नाजुक गरिएको र नेपाल विदेशी शक्ति केन्द्रहरूको क्रिडास्थल बन्ने खतरा रहेको पनि औँल्याए। उनले मंसिर हुनु पर्ने चुवानको मिति तोक्न अहिलेको सरकार अलमल गरेको भन्दै सरकारले लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्ने कुरामा अग्रसर नभएको पनि बताए। 

ताजा अपडेट
सम्बन्धित समाचार