नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : अध्यक्ष बिजुक्छे

8.7k Shares

काठमाण्डौं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन् । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छ रूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए । 

भक्तपुरमा मंगलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, “नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ ।” 

उनले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको पनि औंल्याए।

ताजा अपडेट
सम्बन्धित समाचार