माधवलाई भीमको जवाफ- हामी कसैको दास होइन

11.1k Shares

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमालेका १० बुँदे पक्षधरबीच सवाल जवाफ चलिरहेको छ।

एकीकृत समाजवादीभित्रको विवादलाई लिएर एमालेमा रहेका नेताहरुले टिप्पणी गरेपछि केही दिनअघि अध्यक्ष नेपालले एमालेमा रहेका १० भाइ दास भएको टिप्पणी गरेका थिए। 

त्यसको जवाफ फर्काउँदै एमाले नेता भीम रावलले राजनीतिमा दासताको अर्थ पद, प्रतिष्ठा, पैसा र पारिवारिक हितको लागि विपरीत सिद्धान्त, नीति र कार्यक्रम भएकासँग अंकमाल एवं वाह्य शक्तिको भक्ति गरी स्वार्थ पूरा गर्नु भन्दै जवाफ फर्काएका छन्। 

अध्यक्ष नेपाललाई कटाक्ष गर्दै रावलले ट्वीटरमा लेखेका छन्, ‘‘राजनीतिमा दासताको अर्थ पद, प्रतिष्ठा, पैसा र पारिवारिक हितको लागि विपरीत सिद्धान्त, नीति र कार्यक्रम भएकासँग अंकमाल एवं वाह्य शक्तिको भक्ति गरी स्वार्थ पूरा गर्ने। सिद्धान्त, नीति, विधि र राष्ट्रिय हित र स्वाधीनता विपरीत कसैले काम गरे डटेर विरोध नगरी भाग्दै कुनै शक्तिको शरणमा जाने।’

त्यसो त यसअघि आइतबार एमालेका सचिव एवं सांसद योगेश भट्टराईले अध्यक्ष भट्टराईलाई सन्यास लिएर बस्न सुझाव दिएका थिए।

 

ताजा अपडेट
सम्बन्धित समाचार