देशभरका ७७ वटै जिल्लामा नेपाल पत्रकार महासंघको मतदान प्रक्रिया शुरु

653 Shares

काठमाडौ ।  आज (बुधबार) नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि  देशभरका ७७ वटै जिल्लामा मतदान प्रक्रिया शुरु भएका छन् ।आज पत्रकार महासंघको निर्वाचनमा १३ हजार १२२ सदस्यले मतदान गर्दै छन् । 

 

नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ शुरु भएकाे छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

 

मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ ।