गठबन्धन बैठक : एसपीपीबारेमा सर्वदलीय छलफल गर्न प्रस्ताव

9k Shares
यो पनि

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ ।

पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।


‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौँ भन्ने प्रस्ताव आएको छ ।’

उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार