आज संघीय संसद्को ११औं अधिवेशन सुरु हुँदै

8.2k Shares

संघीय संसद्को ११ औं अधिवेशन मंगलबार सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरेकी छिन्।

बैठकमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश हुनेछन्।

त्यसअघि दिउँसो साढे २ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ। २०७८ भदौ २३ गतेदेखि निरन्तर अवरोध गर्दै आएको प्रतिपक्षी एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने बताएको छ।

अघिल्लो बैठक प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को लगातारको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेको थिएन। एमालेले आफूले कारवाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै संसदमा अवरोध गर्दै आएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार