भरतपुरमा एमालेको अग्रता , रेनु ४ मतले दोस्रोमा

910 Shares

चितवनको भरतपुर महानगरपालिकामा भएको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म सय मत गणना भएको छ । जसमध्ये नेकपा एमालेका विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका तर्फबाट उमेदवार बनेकी रेनु दाहालले पछ्याएकी छन् ।

दाहालले ३७ मत प्राप्त गरेकी छन् भने बागी उमेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।