काठमाडौं महानगरको मेयरमा बालेनको अग्रता , पछ्याउँदै सिर्जना

1k Shares

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम लिएका छन् । २०३ मत गन्दा अहिलेसम्म बालेनले ७६ मत ल्याएका छन् ।

 

बालेनले वडा नम्बर १ मा २२ र वडा नम्बर ३२ मा ५४ मत ल्याएका छन् । यस्तै, गठबन्धनका उम्मेदवार सिर्जना सिंहले ४६ मत प्राप्त गरेकी छिन् । एमाले उम्मेदवार केशव स्थापितले ३२ मत ल्याएका छन् । वडा नम्बर ३२ मा १०३ मत गणना हुँदा ३ मत बदर भएको छ।