निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रधानमन्त्रीले दिए धन्यवाद

793 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रधानमन्त्री शेर बहादुर देउवाले देशभर शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागि भएर निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।  

साथै उहाँले सामाजिक सञ्जालमार्फत निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभएको छ ।