प्रचण्डले भरतपुर-१४ को प्रहरी स्कुलबाट मतदान गर्दै भने, ‘जीत-हार स्वभाविक’

884 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा मतदान गरेका छन् ।

प्रचण्डले शुक्रबार बिहान ७ बजे भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित प्रहरी स्कुलबाट मतदान गरेका हुन् । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाल मेयर उम्मेदवार छिन् ।

मतदानपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जित-हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । उनले जितमा अनावश्यक हौसिने र पराजयमा निरास भइहाल्न नहुने बताए ।