काँग्रेस नेता प्रकाशमान सिंहले गृहजिल्ला काठमाडौंबाट मतदान गर्दै

663 Shares
सम्बन्धित पार्टी

नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा गृहजिल्ला काठमाडौंबाट मतदान गर्दै छन् ।

सिंहको सचिवालयका अनुसार काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट उनले मतदान गर्दैछन् । गठबन्धनबाट काठमाडौं महानगरपालिकाकी मेयरकी उम्मेदवार प्रकाशमान पत्नी सिर्जना श्रेष्ठले पनि सोही ठाउँबाट मतदान गर्ने छिन् ।

उनीहरुले शुक्रबार विहान ८ बजे नेपाल युवक मावि केन्द्रबाट मतदान गर्ने सिंहका प्रेस संयोजक युपी लामिछानेले बताएका छन् ।