धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच कुटाकुट

845 Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा २० जना भन्दा बढी घाइते भएका छन्।

झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्।


घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा गरिरहेको अवस्थामा झडप भएको स्थानीयको भनाई छ । चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको हो।

नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष दिइरहेका छन्।