प्रचण्डकी छोरी गंगा दाहाललाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

2k Shares
सम्बन्धित पार्टी

 निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का वाग्मती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।

दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उमेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरेको र उक्त कार्यले आचारसंहिताको उल्लंघन भएको आयोगको बुझाइ छ ।