सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप , ४ प्रहरीसहित ६ जना घाइते

1.2k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

स्थानिय तहको निर्वाचन मुखमा आई पुग्दा पनि पार्टी–पार्टी विचको विवादले उग्र रुप लिदै गएको छ । देशका विभिन्न ठाउँमा कार्यकर्ताहरु कुटाकुटमा नै उत्रिएका छन् ।

यस्तै सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । उक्त झडपमा चार जना प्रहरीसहित ६ जना घाइते भएका छन् ।


सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् ।

अहिले उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ ।