कक्षा १२ वार्षिक परीक्षाको केन्द्र सार्वजनिक

702 Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । जेठ १६ गतेदेखि  २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षाको परीक्षा केन्द्र  सार्वजिनक गरेको हो । बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले समेत आ-आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन बोर्डले सूचना जारी गरेको छ । बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको छ ।

परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ।बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

 

बोर्डको वेवसाइट

https://www.neb.gov.np/uploads/photos/yy8vJjsXQE220509060546.pdf