पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण : डा. भट्टराई

23.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा। बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

 

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।

 

सबैले बुझौँ स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता(कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन्१ लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौँ र गैरदलीय चुनाव गरौँ कुनै आकाश खस्दैन, उनले ट्वीट गरेका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार