सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा गर्दै

35.4k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

पाँच दलीय सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभाको आयोजना गर्दैछ ।

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले विहीबार भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले पनि सम्बोधन गर्ने बताइएको छ ।

भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा काँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनु भएको छ । पौडेललाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका नेताले भरपुर प्रयास गरेपनि पौडेल ब्याक नभएको बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार