लोसपाको चुनावी घोषणापत्र सार्वजनिक

15.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। 

 

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो।

 

घोषणा पत्रमा सबै महिलालाई निःशुल्क शिक्षा व्यवस्था गर्ने,  सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ।

 

वृद्धहरुलाई घरमै स्वास्थ्य सेवा दिनेदेखि गृहणीलाई ग्यास सिलिन्डर दिनेसम्मका प्रतिबद्धता व्यक्त गरिएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार