नागार्जुनमा ई. दिवस गिरीको उम्मेदवारीसँगै चर्चा

3.8k Shares
सम्बन्धित पार्टी

जनता समाजवादी पार्टीले काठमाडौको  नागार्जुन नगरपालिका वडा न. १ मा  युवा ई. दिवस गिरीलाई चुनावी मैदानमा अगाडी सारेसँगै व्यापक चासोको रुपमा हेरिएको छ । ई. जस्तो व्यक्ति वडा सदस्यमा दावेदार गर्नु त्यसै पनि चर्चाको विषय हुनु स्वभाविक देखिन्छ ।


     गोरखा पालुङ्गटारमा जन्मनु भएका गिरी तत्कालिन माओवादी जनयुद्घ र डा. बाबुराम भट्टराईको विचारबाट प्रभावित हुदै गोरखाको श्री अमर ज्योती जनता मा.वि. लुईटेलको स्कुल लेवलबाटै विद्यार्थी राजनीति सुरु गर्नु भएका गिरी एस .एल .सी  पश्चात अध्ययनको लागी काठमाडौ आएपछि इन्जिनियरको विद्यार्थी हुँदाबखत पनि त्रिवि आंगिक क्याम्पस अन्तर्गत नेशनल कलेज अफ इन्जिनियरिङ्गमा तत्कालिन अनेरास्ववियु क्रान्तिकारी ईकाइ अध्यक्ष , काठमाडौ जिल्ला सचिवालय सदस्य तथा दुई कार्यकाल सोहि क्याम्पसमा राष्ट्रिय विद्यार्थी परिषद्को सदस्य भई महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

 

चिन, जापान, क्यानडा, कोरिया जस्ता विभिन्न विकसित देशको भ्रमण गर्नु भएका ई. गिरी उच्च शिक्षा अध्ययनको क्रममा करिब ९ वर्षको जापन बसाई पश्चात केहि समय अघि नेपाल फर्किनु भएको हो । जापान जस्तो विकसित देशमा रहेर आफ्नो करियरलाई महत्व दिनुभन्दा आफ्नै देशमा आफ्नै गाऊँ ठाऊँमा  रहेर देश र जनताको लागी सेवा गर्ने उदेश्यले आफ्नो उमेद्वारी दिएको उहाँको भनाई छ । जापान रहदाको समयमा पनि उहाँ तत्कालिन नयाँ शक्ति नेपालको प्रवास सँगठन तथा जनता समाजवादी पार्टि(जसपा) नेपाल, निर्माण पश्चात नेपाली समाज जापानको केन्द्रिय सदस्य र हाल नेपाल इन्जिनियरिङ सोसाइटी को केन्द्रिय सदस्य भई पार्टि र विभिन्न मोर्चामा रहेर महत्वपुर्ण भुमिका निर्वाह गरिरहनु भएको छ ।


  उहाँले वडा अध्यक्ष अथवा मेयर उप मेयरमा उमेद्वारी दिनु भन्दा पनि वडा सदस्यमा नै उमेद्वारी दिएर विजयी पश्चात स्थानिय जनताको दैनिक रुपमा रहेका हरेक समस्यासँग परिचित हुँदै समाजसेवामा लाग्ने उहाँको प्रण रहेको छ ।


  ई. गिरी अत्यन्त लोकप्रिय र भिजन भएका व्यक्तित्व तथा जुनसुकै वर्गका व्यक्तिहरुबिच सजिलै घुलमिल गर्न सक्ने युवा भएको कारण स्थानिय स्तरमा अत्यन्तै लोकप्रिय रहेको र भविष्यमा नागार्जुन नगरपालिकाको नेतृत्व सम्माल्न सक्ने प्रचुर संभावना बोकेको व्यक्ति भएको कुरा स्थानिय नागार्जुन बासीहरुको भनाई रहेको छ । 

 

abcd.jpg