निर्वाचन लागेसँगै बैंकबाट धमाधम पैसा झिक्न थालियो

897 Shares

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै निक्षेपकर्ताहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् । जसका कारण पछिल्लो ७ दिनमा मात्रै बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिन पुगेको हो । 

नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार वैशाख २ देखि ९ गतेसम्ममा २७ वटा वाणिज्य बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । उसो त यस्तो निक्षेप अघिल्लो हप्ताको दुई दिनमा नै १२ अर्बले बाहिरिन पुगेको थियो । 
बैंकर्स संघको रिपोर्ट अनुसार हाल ९वैशाख ( गतेसम्ममा) २७ वटा वाणिज्य बैंकहरुमा जम्मा ४३ खर्ब ६७ अर्ब रुपैयाँ मात्र निक्षेप रहेको छ । 


यद्यपि, निक्षेप घट्दै गर्दा यता समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी समेत सामान्य रुपमा घटाएको संघले जनाएको छ । अघिल्लो हप्ता अर्थात बैशाख २ गतेसम्ममा दुई अर्ब रुपैयाँले लगानी घटाउँदै ४१ खर्ब ९५ अर्ब कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता थप एक अर्बले कर्जा घटाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ ।