images
images

स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने

12.4k Shares
सम्बन्धित पार्टी

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् ।

विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन् । तर मिलन पाण्डे पक्षले आसन्न स्थानीय तह निर्वाचनमा रञ्जुलाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन विकल्पमा छलफल गरेको थियो । २०७४ को चुनावमा पनि उनले २३ हजार ४३९ मत पाएकी थिइन् ।

रञ्जुले यो निर्वाचनमा उम्मेदवार नहुने बताएकी छन् । स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गर्नुको अर्थ राजनीति छोड्नु भने नभएको उनले बताएकी छन् ।