अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ : ओली

1.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’

उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले ५ दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताएका छन् ।