राष्ट्रिय विद्यार्थी संघ भारत इकाइको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

656 Shares

नया दिल्लीः भारतको नयाँ दिल्ली स्थित लक्ष्मीनगर टॉपर्स हलमा राष्ट्रिय विधार्थी संघ भारत ईकाईको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा राविसंघ भारत ईकाईलाई धिरज कुमार महतोको अध्यक्षतामा विस्तार गरि ४१ सदस्यीय समिति घोषणा गरिएको छ । कार्यक्रममा उपस्तिथ दुवै पक्षका नेताहरूले भारत नेपाल सम्बन्धको बारे चर्चा गरेका थिए । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध भएकोले कुनै हालतमा सम्बन्ध खराब हुन नदिने प्रतिक्रिया दिए । 

भारत ईकाई अध्यक्ष धिरज कुमार महतोको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा  जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं २ का राज्यमंत्री सुरेश मंडल प्रमुख अतिथि तथा राष्ट्रिय विधार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्र विशिष्ट अतिथि रहेका थिए ।

अतिथिहरूमा भारतका नेता डा.एस के सिंह, भारतीय जनता पार्टीका नेता सरोज झा, जसपा नेतृ प्रभा सिंह, राविसंघ भारत ईकाईका संस्थापक अध्यक्ष रत्नेश्वर झा, जसपा भारत ईकाई नेता गणेश अधिकारी,महिला साहित्यकार मन्जु साह लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम सञ्चालन अरूनोदय सिंह र सिए मुकेश यादवले गरेका थिए भने स्वागत मन्तव्य सुरेन्द्र बहादुर थापाले राखेका थिए ।