केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गरेर चुनावी मुद्दा बनाएको अर्थमन्त्री शर्माको आरोप

1.6k Shares

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । 

नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै यस्तो धारणा ब्यक्त गरेकाा हुन् ।

परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंका नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरेका थिए । 

उनले आगामी आब ०७९–८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन  गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि परिसंघका पदाधिकराीलाई गराएका थिए ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको थियो । परिसंघले विदेशी मुद्राको संचितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिवन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएको अर्थमनत्रीलाई बुझाएको थियो ।