लोसपाबाट जनकपूरधाम वडा नं ४ को वडा अध्यक्षमा सुर्दशन सिंह सिफारिस,बहुमत ल्याउनेमा विश्वस्त

13.6k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपूरधाम वडा नं ४ को वडा अध्यक्षमा सुर्दशन सिंहलाई सिफारिस गरेको छ । 

उनी सर्वसहमती नै वडा अध्यक्षमा सिफारिस भएका हुन् । अघिल्लो कार्यकालमा जनताको मन जित्न सफल भएका सिंह यो निर्वाचन पनि बहुमत ल्याउनेमा विश्वस्त रहेका छन् । 

जनकपूरधामको २५ ओटै वडा मध्य आफ्नो वडामा सबै भन्दा बढी काम भएको उनको भनाई छ ।उनले वडा ठुलो भएकाले आवश्यकताका आधारमा भौतिक विकास भइसकेको दाबी गरेका छन् । अब आउने आर्थिक बर्षमा ६० वर्ष माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सम्बन्धी बिमा वडा कार्यालयमै गराउने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई १२ कक्षा सम्म निःशुल्क पढाउने, जनकपुरधामलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने लगायतका एजेन्डा रहेको सिंहले बताएका छन् । 

बजेट अभावका कारण जनताको चाहना अनुसार भौतिक आवश्यकता पूरा भए पनि शिक्षा, स्वास्थ्यको क्षेत्रमा फड्को मार्न नसकेको उनको भनाई थियो ।  उनले भने, ‘ ४ वटा नमुना सडक, विभिन्न मठ मन्दिरहरुमा पार्क बनायौँ । मैले ५ बर्षमा  जम्मा ३ करोड बजेट भएनी विभिन्न निकायहरु सङ्ग समन्वय गरि ५ बर्ष मा ६० करोड बराबरको काम गरे ।’   

आफ्नो कार्यकालभरि नै आफूले जनतालाई सक्दो सुविधा उपलब्ध गराएको उनले बताए । उनले भने, ‘ मेरो ४ बर्से कार्यकालभरि वडा कार्यालय एक दिन पनि बन्द भएन । हामीले सहजै रूपमा वडामा आउने सेवाग्राहीलाई सेवा दियौँ । त्यही भएर मेरो वडाको जनताहरू खुसी हुनुहुन्छ । ’
 
आउने निर्वाचनमा आफ्नो मतको सही सदुपयोग गरी युबा जनशक्तिलाई अगाडि ल्याउन सिंहले अपिल गरेका छन् ।उनले भने, ‘ यदि काम राम्रो गरेका छन् भने त्यसलाई पुन अवसर दिनुपर्छ । काम राम्रो नगर्नेलाई बहिस्कार गर्नु पर्छ ।त्यही हिसाबले मतको प्रयोग गरौँ । सकेसम्म युबा पुस्तालाई अगाडी ल्याउनु पर्छ ।’ विकासको बाटोमा युवाको अहम भूमिका हुने उनको भनाई छ । 

सिंहले अब निर्वाचन कुनै हालतमा पनि नसर्ने जिकिर  गर्दै आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न अपिल समेत गरेका छन् । एमबिएस र पोलिटिकल साइन्सबाट मास्टर गरेका सिंह एसएम क्याम्पसमा  ७  बर्ष शिक्षण पेशामा आवद्ध थिए ।  यस अघि उनी निर्माण संघ को निर्बाचित सदस्य समेत रहेका थिए । 

 

ताजा अपडेट
सम्बन्धित समाचार