काम नगर्ने नेताहरुले आफै प्रमाणित गर्दै

17.7k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं  ।  अहिले देशमा जनताले खोजेजस्तो शासन ब्यवय्था हुॅदापनी किन देशले बिकासको फड्को मार्न सकिरहेको छैन त ? के अहिलेका लिडहरूमा देश बिकास गर्ने आंट,शाहस र क्षमता नभएकै हो त ? देशलेको राजनैतिक ब्यवस्थामा परिवर्तन त भयो तर लिडरहरूको प्रवृतीमा परिवर्तन नहुने हो भने जुन ब्यवस्था आएपनी काम नगर्ने रहेछ भन्ने कुरा नेताहरूले आफै प्रमाणित गर्दै गैरहेको भान हुन्छ।जब लिडरहरू देश र जनताको समस्या भन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त हुॅदै जान्छन त्यो देशले कसरी बिकास गर्न सक्छ ? नेपालमा पनि अहिले ठ्याक्कै यही समस्या देखिएको छ ।

यहां पढाउने शिक्षकहरू राजनीतिक भागबन्डामा छन्।बिरामी जाॅच्ने डक्टरहरू राजनीतिक भागबन्डामा छन्।वकिलहरू राजनीतिक भाग भण्डामा छन्।अरू त अरू पिडीतलाई न्याय दिलाउने न्यायधिश पनि राजनीतिक भागबन्डाबाट नियुक्ति हुन्छन् भने देशको हालत के होला ?

कुनैपनि नेताले आफ्नो आयआर्जनको स्रोत राजनीतिलाई बनाउंछ।ऊ भ्रष्टाचारमा लिप्त भएकै हुन्छ,किनकी राजनीति त एउटा सेवा हो यो कुनै पेशा होईन।अहिलेको नेपाली राजनीतिमा अधिंकाश नेताहरूले राजनीतिलाई नै आफ्नो पेशा बनाएका छन्।राजनीति बाटै उनिहरूको जिबनशैलि चलेको छ भने कसरी उनिहरू भ्रष्टाचार नगरी बस्न सक्छन्!नेपालको सबैभन्दा ठुलो समस्या र ंचुनौति भ्रष्टाचार हो भन्ने कुरा जान्दाजान्दै पनि भ्रष्टाचार सम्बन्धि कठोर कानुन नबनाउनु र आफ्नो पार्टिका भ्रष्टाचारी भए ढाकछोप गर्नुले कालेकाले मिलेर खाउं भाले भन्ने उखानलाई चरितार्थ गरेको छ।अहिलेका अधिंकाश नेता मन्रीहरूले ठाॅऊमा घर,घडेरी गाडी जेडिसकेका छन् जबकी तिनीहरूको पेशा ब्यावसाय केही पनि देंखिदैन यो कसरी सम्भव भयो ?

कुरा स्पष्ट छ अरू देशले सक्षम कुशल नेतृत्व पायो भने हाम्रो देशले आर्थिक भिजन भएको नेता पाएन।देशमा भएका प्राकृतिक श्रोत साधनको मितब्ययी तवरले प्रयोग गरी देशमा भएको कृषि जमिनलाई सही उपयोग गरेर हाम्रो देश आफ्नो खुट्टामा उभिन सक्ने थियो।तर नेताहरूका बिभिन्न स्वार्थले गर्दा देश बिकास फगत एउटा चुनावको बेला जनतालाई झुक्याउने मेलो मात्र भैरहेको छ।अब पनि जनता चनाखो नहुने हे भने यिनीहरूले सुनजस्तो देशलाई ढुङ्गा बनाएर छाड्ने निश्चित छ।

ताजा अपडेट
सम्बन्धित समाचार