लोसपाको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी, कारण रहेछ यस्तो

14.7k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । लोकतान्त्रिक विद्यार्थी संघका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी गरेका छन् ।
 
पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले आफूखुसी आफ्नो पाकेटको मान्छेलाई लोकतान्त्रिक विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनित गरेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । 

लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्राका अनुुसार विद्यार्थी संगठनका नेताहरूसँग विचार विमर्श नै नगरी आफूखुसी अध्यक्ष मनोनित गरेकोले विरोधस्वरूप पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । 

उनले भने, ‘हामी विद्यार्थी संगठनका नेता कार्यकर्ताको सल्लाह सुझाबबिना नै जिल्ला अध्यक्ष नियुक्त गरेकोमा विरोध जनाउँदै आजदेखि निर्णय नसुधारिएसम्म पार्टी कार्यालयमा तालाबन्दी गरेका हौं ।’

 

ताजा अपडेट
सम्बन्धित समाचार